प्रकाश न्यौपाने
चैत २५ गते
नवलपरासी । नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीलाई तत्काल साधारण सभा नगर्न भन्दै ज्ञापनपत्र बुझाएको छ ।
लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सदस्ताको टुङ्गो नलाग्दा सम्म अधिवेशको मिति नतोक्न माग गर्दै ध्यानाकर्षण गराएको हो ।
महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म अधिबेशन नगर्न आग्रह गरेको हो ।
प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश कुमार बि.क.ले महासंघ जिल्ला अध्यक्ष हरि शर्मालाई ज्ञापन पत्र बुझाउँदै सदस्यता टुङ्गो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएको छ । सदस्यता र मतदाता नामालीको टुङ्गो लगाएर मात्र जिल्ला साधारणसभा र अधिवेशन तोक्न अध्यक्ष बि.क.ले आग्रह गरे । साथै जिल्लामा क्रियाशिल केही पत्रकारहरुले नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न नसकेको अवस्थामा नयाँ सदस्यता प्राप्तिका लागी आवश्यक प्रकिया अगाडी बढाउन अध्यक्ष बि.क.ले अपिल गर्नु भयो ।
जवाफमा महासंघ अध्यक्ष हरी शर्माले सदस्यताको यकिन सन्दर्भमा कार्यसमितिमा छलफल सहित प्रदेश र केन्द्रमा जानकारी गराएको बताउनु भयो । साथै नयाँ सदस्यताकाे सन्दर्भ कुर र हेर अभियान रहेकोले नयाँ सदस्य प्राप्तिका लागि आउने कार्यसमिति समक्ष सिफारिस गर्ने बताउनु भयो ।
सदस्यता यकिन नगरी अधिवेशन गर्नु उपर्युक्त नहुने निष्कर्ष सहितको पत्र युनियनले बुझाएको हो । जिल्ला अध्यक्ष बि.क सहित, प्रेस युनियनका निवर्तमान अध्यक्ष पुरुषाेत्तम सुवेदी , उपाध्यक्ष सन्जिव काेइराला , सचिव अनिल यादव , सदस्य बिनाेद निगम, महासंघ जिल्ला सचिव राजकुमार रेश्मी, काेषाध्यक्ष प्रकाश न्याैपाने , सदस्य गाैरीशंकर जैसवाल लगायतको सहभागीता रहेको थियो ।












