बर्दघाट नगरपालिकाले किसानलाइ सूचीकरण गर्ने

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत २८ गते

नवलपरासी । बर्दघाट नगरपालिकाले नगर भित्रका किसानहरुलाई सूचीकरण गर्ने भएको छ । कृषि क्षेत्र राम्रो रहेको नगरमा किसानहरु सूचीकरण गरि वर्गीकरण गर्ने लागिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । ” अहिले पहिले चरणमा २ वटा वडाहरु सुचीकरण गर्न लागेका छौं । उत्पादनका आधारमा किसानहरुको तथ्यांक संकलन गर्न लागिएको  छ ।” श्रेष्ठले भन्नुभयो ।

किसान सूचीकरण कार्यान्वयन तथा समन्वय समिती सयोजक एब नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरले स्थानीय कृषि पकेट क्षेत्रको रुपमा बिकास गर्न किसानको सूचीकरण गर्न लागिएको बताउनु भयो । “कृषिको उर्वर क्षेत्र  र
मकै पकेट क्षेत्र रहेको वडा नम्बर १२ र १३ लाई पहिलो चरणमा सूचीकरण गर्ने तयारीमा छौं ।” उपाध्यायले भन्नुभयो ।
उत्पादनका आधारमा किसानको वर्गीकरण गर्दै किसानहरुका लागी योजना बनाउन सहज हुने प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनु भयो । नगरबाट दिन सकिने सेवा सुबिधा र अनुदानको समुचित ब्यवस्थापन गर्ने सहज हुने खनालको भनाइ छ ।

आठ  जना गणकहरुको छनोट गरिएको छ । बर्दघाट १२ र १३ मा खेती योग्य जमीन राम्रो रहेको बर्दघाट  किसान सूचीकरण सम्पर्क अधिकृत नवीन ढकालले बताउनु भयो । ” किसानको उत्पादनको आधारमा वर्गीकरण गरि उत्पादित बस्तु बजारीकरण गर्ने समेत सहज पुर्‍याउछ ।” ढकालले भन्नुभयो ।
संघको २ लाख ७० हजार र नगरको ३ लाख गरि ५ लाख ७० हजारको बजेटमा किसान सूचीकरण कार्यक्रम गरिएको हो । किसान सुचीकरण गर्न गणकलाई अभिमुखीकरणमा सहजीकरण गर्दै कृषि प्रसार अधिकृत नवीन गैरेले गर्नु भएको थियो ।

नेपाल सरकारले किसानको सुचीकरण गर्नका लागी कृषि तथा पशु पक्षी बिकास मन्त्रालयले किसान सूचीकरण कार्यक्रम कार्यान्वयन बिधि २०७७ जारी गरेको छ ।