शैक्षिक गुणस्तरमा त्रिभुवन युनाइटेड एकेडेमी अब्बल : उपप्रमुख अर्याल

प्रकाशित मिति:

बुटवल। बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको शैक्षिक विकासमा बुटवल दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीको पनि ठूलो योगदान रहेको बताएकी छन् । उनले बुटवल शिक्षाको हब बनेको भन्दै त्रिभुवन युनाइटेडले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा आफूलाई अब्बल सावित गर्दै विद्यार्थी र अभिभावकको मन जितेको बताइन् । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गर्न आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले आगामी दिनमा बुटवलमा शिक्षा क्षेत्रमा ठूलो भविश्य रहेको भन्दै विद्यार्थीहरुलाई अध्ययन पूरा गरी विदेश ताक्नु भन्दा देशकै केही गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा बोल्दै विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको कामना गर्दै   विद्यार्थीहरुलाई आपसी मित्रवत व्यवहार र हौसला दिन विद्यालयले हरेक वर्ष बिदाई समारोह आयोजना गर्दै आएको बताए । सो अवसरमा बोल्दै विद्यालयका शिक्षक डिबी खत्रीले विद्यार्थीलाई आउदै गरेको परीक्षालाई राम्रोसँग उपयोग गरी उच्च अंक ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका नासु शिव पराजुली, विद्यालयका सञ्चालक घनश्यास भुसाल, विद्यालयका प्लस टु प्रमुख गुरुदत्त गुरुदत्त पौडेल लगायतले बोल्दै शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनतका कारण विद्यालयले छोटो समयमा शैक्षिक सफलता हासिल गर्दै गइरहेको बताए । विद्यालयको कक्षा १२ मा २८६ जना विद्यार्थी अध्ययनरत छन भने, कक्षा ११ मा २४० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार वृहत कार्यक्रम गरी कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन् ।

विद्यालयका व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर र फाइनान्सको पढाई हुन्छ । कक्षा ११ का विद्यार्थी प्रवेश गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय अस्मी थापा र अभिषेश गौतमले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरी कार्यक्रममा मनोरन्जन प्रदान गरेका थिए ।