बर्दघाटको मेलाबाट ८ लाख ६४ बचत, ५ लाखको बिपत कोष र व्यवसायी बिमा गर्ने

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख १८ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन भएको सातौं मेलामा २ करोड २५ लाख रुपैयाको कारोबार भएको छ ।
चैत २३ गते देखी वैशाख ३ गतेसम्म चलेको मेलामा २५ हजार दर्शकले अवलोकन गरेको आयोजक बर्दघाट उद्योग बाणिज्य संघले जनाएको छ ।

बर्दघाटमा संचालित मेलाबाट बर्दघाट नगरपालिकाले एक लाख ६१ हजार २ सय रुपैया मनोरञ्जन कर संकलन गरेको छ । मेलामा टिकट काटेर १३ हजार ५ सय जना प्रवेश गरेको आयोजकले जानकारी दिएको छ । प्रती टिकट रु ८० रुपैयाका दरले आउने टिकट शुल्कको १५ प्रतिशतले हुन आउने रकम मनोरञ्जन कर बापत लिने गरि नगरपालिकाले सम्झौता भएको बताउदै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

मंगलबार पत्रकारमार्फत आयव्यय सार्वजनीक गर्दै बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटले २९ लाख २३ हजार आम्दानी गरेको अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भयो । “सिद्धबाबा एक्जिबिसन,  २२ लाख, प्रयोजकबाट २ लाख ३० हजार र बर्दघाट नगरपालिकाबाट ४ लाख ९३ हजार रुपैया आम्दानी प्राप्त भएको छ ।”  न्यौपानेले भन्नुभयो ।

सातौं मेलाबाट ८ लाख ६४ हजार ५९ रुपैयाँ बचत भएको छ ।बचत भएको रकम मध्यबाट ५ लाख रुपैयाको बिपत कोषको स्थापना गर्ने र एक लाख बराबरको व्यवासायिलाई व्यवासय बिमा गर्ने न्यौपाने बताउनु भयो  । मेलामा दैनिक उपभोग्य बस्तु तथा घरेलु उत्पादन जडीबुटी बाल उद्यान लगायतको एक सय ३० वटा स्टल रहेको थियो । मेलामा आयोजकले ४ करोड अपेक्षा राखेको थियो ।