काठमाडौं, १६ पुस – इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको थियो ।












