सबलपोष्ट। बुटवल – माईन्युट लेखन तथा कार्यक्रम संचालन तालिम बुटवलमा सुरु भएको छ। मिसन ग्रुप नेपाल द्वारा उक्त तालिमको आयोजना गरिएको हो। तालिमको सुभारम्भ यहि जेठ १३ गते बाट सुरुभै १५ गते सम्म बुटवल -उपमहानगर पालिका वडा नम्बर ११ को कार्यालयको सभाहलमा ३ दिनसम्म संचालन हुनेछ।

सस्थाका अध्यक्ष भुमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब सन्तोष नाउले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिको रुपमा बुटवल उप -महानगर पालिका ११ नम्बरका वडा अध्यक्ष रामचन्द्र क्षेत्रि रहनु भएको थियो। तालिममा सहभागीहरुलाई प्रशिक्षण गोपाल प्रसाद अधिकारीले दिने बताईएको छ। उपस्थित सहभागीहरुलाई स्वागत उपाध्यक्ष भगवती पन्थीले गरेकी थिइन्।
कार्यक्रममा राजेन्द्र ढकाल , रामप्रसाद खनाल र रामचन्द्र क्षेत्रि लगायतले शुभकामना दिएका थिए।













