छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनका लागि विधेयकको मस्यौदामाथि छलफल

प्रकाशित मिति:

पुष १६ बुटवल /सबल पोस्ट

प्रदेश सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन बनाउनका लागि विधेयकको मस्यौदामाथि आज बुटवलमा छलफल सम्पन्न भएको छ ।
प्रदेश सरकारले निमार्ण गर्ने ऐन नियमहरुले प्रेस स्वतन्त्रताको पक्षमा थप वल पुर्याउनु पर्नेमा प्रेस तथा अभिव्यक्त स्वतन्त्रताको विपक्षमा विधेयक बन्न थाले खवरदारी गर्ने छलफलमा सहभागि पत्रकाहरुले बताएका छन् । कानुन मन्त्रालयले निमार्ण गरेको उक्त मस्यौदा माथीको छलफलमा सहभागि प्रदेश भरीका अग्रज पत्रकाहरुले मस्यौदाले प्रतिगामी दिशाको संकेत गरेको आरोप पनि लगाए ।

अहिलेको शाशन व्यवस्था ल्याउनका लागि पत्रकाहरुले खेलेको भुमिको स्मरण गराउदै उनिहरुले लोकतन्त्र मा नै स्वतन्त्र प्रेस फस्टाउन सक्ने धारणा राखेका थिए । छलफलका लागि ल्याईएको विधेयक निकै अधुरो अपुरो र अस्पष्ट रहेको भन्दै मसिनो ढंगले छलफल गर्नु पर्ने बताएका थिए ।सो अवसरमा पत्रकार महासघका प्रदेश अध्यक्ष मौसम रोक्का, विनोद पहाडी, मोहन चापागाई, दिपक ज्ञवाली, राजेश अर्याल, दलविर राना अजएन ज्ञवाली,रामराज पोख्रेल, दिनेश पाण्डे विक्रम खड्का, रुद्रहरी कुवर लगायतले बोल्दै विधेयकमा धेरै कुरा छुटेको भन्दै गंभिर समिक्षा गर्नु पर्नेमा सुझाव दिएका थिए ।

प्रदेश सञ्चार नीति र प्रशारण विधेयक सम्बन्धमा प्रयाप्त छलफल हुन नसकेको अवस्थामा छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनको विधेयकको मस्यौदामाथिको छलफलले ऐनलाई राम्रो बनाउने विश्वाश अधिकाश पत्रकारहरुको रहेको थियो ।
छलफलका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले छलफलमा उठेका विषयलाई गंभीर रुपमा लिदै विधेयक प्रदेशसभामा पेश गर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई नियन्त्रण नभएर नियमनको खाँचो रहेको र त्यसका लागि सरकारको प्रयास रहेको तथा लोकतन्त्रमा स्वतन्त्र प्रेसप्रति कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

छलफलमा पत्रकार महासंघ प्रदेशका पदाधिकारी, जिल्ला शाखाका अध्यक्षहरु, रुपन्देही शाखाका पूर्व अध्यक्षहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।