बर्दघाट नौ मा वडा स्तरीय बालकल्ब पुर्नगठन

प्रकाशित मिति:

असार १५ गते
नवलपरासी । बर्दघाट नगरपालिका ०९ को बाल सञ्जाल पुर्नगठन भएको छ । कल्बमा १३ सदस्यीय बाल संजालको अध्यक्षमा आस्था खरेल,उपाध्यक्षमा सिद्धान्त अधिकार, सचीव रशिका पाण्डे, कोषाध्यक्ष कृष राना मगर, सह सचिव अमन श्रेष्ठ, सदस्यमा क्रमश सोनिया घले, एन्जेल सुनार, सुजन गौतम, मनिसा सुनार,  सभ्यता लम्साल, सुसान्त खत्री, बिबिसा पौडेल, असिम भण्डारी सर्वसम्मत निर्वाचित भएका छन ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बर्दघाट नगरपालिका बाल मैत्री नगर हुन अग्रसर रहेको बताउनु भयो । ” बालमैत्री नगरपालिका बनाउन गर्नु पर्ने कामहरु नगरले वडा स्तरबाट सञ्चालन गरिरहेको छ । गत बर्ष बर्दघाट ०९ लाई बालमैत्री घोषणा गरिएकोमा अहिले यसको दिगोपनका लागी नगर लागी रहेको छ ।” बर्दघाट नगरले के गर्नु पर्ने काम, आजका बालबालिकाले भोलीको जिम्मेवारी लिनका लागी आज असल बन्ने र आफुले जानेको कुराहरु साथीहरुलाई सिकाउने गर्नु पर्ने खनालको भनाइ छ ।
बर्दघाट वडा र नगरलाई अन्य वडा र नगर भन्दा राम्रो बनाउनका लागी राम्रो बनाउन बालबालिकाको अर्थ पुर्ण भुमिकाका हुने गरि वडाले काम गरिरहेको वडा नम्बर ०९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनु भयो । अहिले वडा भित्र हुने हरेका गतिविधिहरुमा बालबालिकाको सहभागीता बनाइएको बताउदै वडाका हरेक योजना बालमैत्री हुने तवरले वडा अघि बढेको चापागाईंले उल्लेख गर्नु भयो ।

बाच्न पाउने अधिकार, सरक्षणको अधिकार, बिकासको अधिकार र सहभागीताको अधिकार स्थापित गर्न सके मात्रै बालमैत्री ब्यवहार हुने वडा सदस्य बालिन्द्र बिक्रम शाहीले उल्लेख गर्नु भयो । बाल  सन्जाल र बाल कल्बको सक्रियताले
बालमैत्री ब्यवहारलाई निरंतरता दिन टेवा पुग्ने हुदा बाल मैत्री वडा दिगोपना गर्न सकिने बताउदै शाहिले आजका बालबालिका बर्तमानका साझेदार, भोलिका कर्णधार रहेको बताउनु भयो ।

टोल टोलमा धेरै जनचेतना मुलक कार्यक्रमहरु गर्दै
आ.व. २०७९/०८० मा बाल मैत्री वडा घोषणा गरिएको बर्दघाट ०९ का बालबालिका फोकल प्रशन बाबुराम तिमिल्सिनाले बताउनु भयो । वडामा ६ वटा बाल कल्व र १ बाल संजाललाई सक्रिय रहेको तिमिल्सिनाको भनाइ छ ।

३ हजार २ सय जनसंख्या बर्दघाट वडा नम्बर ०९ मा रहेको छ । वडामा ८ सय ७ जना बालबालिका रहेकोमा ४ सय १२ बालक र  ३ सय ९५ बालिका रहेका छन ।