बुटवल – अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको निधन भएको छ । दुइ वर्षदेखि मृगौलामा समस्या आएपछि उपचाररत रहेका कार्कीको शनिबार विहान पाल्पा तानसेन ध्रुवघाटस्थित निवासम निधन भएको हो ।मृगौलामा समस्या देखिएपछि उपचार रहेका थिए । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार कार्कीको शनिबार बुटवल मगरघाटमा अन्त्येष्टि गरिएको छ । कार्कीलाइ नेपाल पत्रकार महासंघ रूपन्देहीले झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्व अध्यक्ष डा। बालकृष्ण चापागाइ, मोहन चापागाइ, शेरबहादुर केसी, पूर्वमन्त्री चक्रपाणी खनाल बलदेव, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डे, पत्रकारहरुको उपस्थितीमा झन्डा ओढाएर अन्तिम विदाइ गरिएको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले कार्कीको जीवनी प्रस्तुत गर्दै रुपन्देहीले एक असल र कर्मठ पत्रकारिताका अग्रज गुमाएको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीले संस्थागत रूपमा उपचारका लागि पहल कदमी गरेको समेत उनले स्मरण गरे । यसैविच नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्कीको निधनमा शोक वक्तोय निकाल्दै स्तब्ध भएको जनाएको छ । सचिव विनोद परियारले प्रेस विज्ञप्ती जारी गर्दै कार्कीको निधनले रुपन्देहीको पत्रकारिताले अतुलनीय क्षती भोगेको उल्लेख गरेका छन ।नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, कर्मठ र इमान्दार पत्रकार गुमाएको छ । शोकको यस घडीमा स्व। कार्कीप्रति नेपाल पत्रकार महासंघ रूपन्देहीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्र्रती समवेदना प्रकट गर्दछौं विज्ञप्तीमा भनिएको छ ।रूपन्देहीको पत्रकारितालाई संस्थागत विकास गर्न र पत्रकारिता मार्फत समाज रूपान्तरणमा उनले खेलेको भभूमिका अतुलनीय रहेको विज्ञप्तीमा उल्लेख छ । हक्की, निडर स्वभावका कार्की बुटवलबाट प्रकाशित दैनिक लुम्बिनीको संस्थापक सम्पादक हुनहुन्थ्यो । २०४५ सालमा तत्कालीन जिल्ला प्रशासनले रूपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा दाई कृष्णबहादुर कार्कीको सहयोगमा कार्कीले दैनिक लुम्बिनी पत्रिका दर्ता गरी प्रकाशन गरेका थिए
पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै २०३६ सालको जनमत संग्रहपछि कार्कीले पाल्पाबाट पत्रकारिता शुरु गरेका थिए । जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गर्नुभएका उहाँ २०४९ सालमा होमनाथ दाहाल पत्रकार महासंघका अध्यक्ष हुँदा केन्द्रीय उपाध्यक्ष रहेका थिए । राजनीतिक परिवर्तन र जनताका पक्षमा पत्रकारिता मार्फत स्व। कार्कीले पुर्याएको योगदान रूपन्देहीका नागरिक समाज, बुद्धिजिवि, उद्योगी व्यापारी एव्म पत्रकारिता क्षेत्रले कहिल्यै नभुल्ने महासंघले जनाएको छ । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।