तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिकाले फो लोसार भब्य रुपमा मनायो

प्रकाशित मिति:

अमेरीका  \ तमु प्ये ल्हु संघ न्युयोर्क अमेरिकाले यहि डिसेम्बर २९ मा फो लोसार कार्यक्रम भब्य रुपमा आयोजना गरेर मनाएको छ । न्युयोर्कको वुडसाइड स्थित गुलशन टेरेसमा आयोजना गरिएको लोसार कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अमेरिकाका महासचिब बाबुराम लामा थिए । प्रमुख अतिथि लामाको बाहुलीबाट फोलोसार कार्यक्रम तमु संस्कृति अनुसार बती बालेर उद्घाटन गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना को निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ, तामाङ समाज अमेरिकाका संरक्षकद्वय भरत लामा र शान्त थोकर आमन्त्रित अतिथिहरु थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना लगायत विभिन्न संघसंस्थाहरुलाई कार्यक्रममा निमंत्रना गरिएको कार्यक्रमका संयोजक तथा द्वितीय उपाध्यक्ष युवराज तमु गुरुङ ले बताएका छन् ।

सांस्कृतिक कार्यक्रम शुरु हुनु भन्दा अगाडी तमु संस्कृति अनुसार क्लेप्री चिबा बोन धर्मगुरु, कुमबहादुर तमु गुरुङ ले सहभागीहरुलाई रुपा लगाएर आशिर्वाद दिएका थिए । विभिन्न तमु सांस्कृतिक नृत्यहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता तमु प्ये ल्हुका अध्यक्ष डीबि तमु मिलन ले गरेका थिए भने महासचिव नन्द तमु गुरुङ ले कार्यक्रम संचालन गरेका थिए । त्यसैगरेर प्रथम उपाध्यक्ष तेज बहादुर तमु गुरुङ ले स्वागत मन्तब्य दिएका थिए । प्रमुख अतिथि गैर आवासीय नेपाली संघका महासचिव बाबुराम लामाले सम्पूर्ण तमुहरुलाई फो लोसारको अवसरमा शुभकामना व्यक्त गरेका थिए