जापानसँग कामदार लैजाने विषयमा कुनै सम्झौता नभएको सरकारको खुलासा !

प्रकाशित मिति:

तर जापानको सरकार भन्छ कामदार चाहियो !
काठमाडौं, १८ पुस – वैदेशिक रोजगार विभागले जापानमा रोजगारीका लागि कुनै खालको सम्झौता नभएको प्रस्ट पारेको छ । विभागले पछिल्लो समय जापानले नेपाली कामदार लैजान चर्चासँगै वैदेशिक रोजगार सञ्चालनका लागि अनुमति पाएका संस्थाहरुबाटै जापानमा श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेकोप्रति आफ्ना ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भइ नसकेको र यस विषयको निर्णय पारदर्शि नै हुने हुँदा जापान पठाउने भननि संस्थागत/व्यक्तिगत/कम्पनीबाट गरिएका सबै क्रियाकलापहरु कानुन विपरीत देखिन आएकाले तत्काल यस्ता गतिविधिहरु नगर्न र नगराउन सूचित गरिन्छ’, विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दे नरोकेमा वैदेशिक रोजगार ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । जापानले नेपालबाट कामदार लैजाने निर्णय गरे पनि अहिलेसम्म कुन मोडलबाट कामदार लैजाने र कति र कस्ता कामदार लैजाने, कामदार लैजाने प्रक्रिया के हुने भन्ने बारेमा कुनै औपचारिक निर्णय भने भएको छैन् ।