रेशम चौधरीको सांसद पदको सपथ ग्रहणप्रति कांग्रेसको आपत्ति

प्रकाशित मिति:

काठमाडौं– नेपाली काँग्रेसले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीको संघीय संसदको प्रतिनिधि सभाको सांसद पदको सपथ ग्रहणप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार ट्विईटरमार्फत चौधरीको सपथ गराएर सरकारले कानूनी राज्यको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन।  काँग्रेस प्रवक्ता शर्माले प्रतिनिधिसभा नियमावली २४४ (३) अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने नियमसमेत सम्झाएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई टविटरमा मेन्सन गर्दै काँग्रेस प्रवक्ता शर्माले कञ्चनपुरकी वालिकाले न्याय नपाईरहदा सरकार चौधरीलाई पुरुस्कार स्वरुप सांसद पद उपहार दिन लागेको टिप्पणी गरेका छन । साथै शर्माले हिजोका दिनमा टीकापुर घटनाका विषयमा प्रधानमन्त्री केपी ओलीले वोलेको कुराको लिंक समेत शेयर गरेका छन । जसमा प्रधानमन्त्री ओलीले टीकापुर घटनाका दोषीलाई कडाभन्दा बडा कारवाही गरिने वताएका थिए। प्रवक्ता शर्माले प्रधानमन्त्रीको हिजोको भाषण र आजको शुसासनका बीचको नातासमेत सकिएको व्यङग्य गरेका छन।