बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा पर्दर्शन भएकोछ।
प्रेस स्वतन्त्रता आधारभुत मानवअधिकार हो, प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, डिजिटल हिंसा बन्द गर, श्रमजीवी पत्रकार माथीको शोषण बन्द गर, सामाजिक संजाल लगायत प्लेटफममा महिलाको हर्मत लिने काम वन्द गर जस्ता नारा सहितका प्लेकार्ड बोकेर पर्दर्शन गरिएको हो।
जिल्ला सभापति अर्जुन ज्ञवालीको नेतृत्वमा बुटवलको हस्पिटललाइनमा भएको पर्दर्शनमा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनाल, राससका पुर्व अध्यक्ष डा बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, शान्ति समाजका केन्द्रिय सदस्य लालहरि पाण्डे/पुर्व सभापति कृष्ण पराजुली, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विस्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, समाजसेवी चिरञ्जीवी जोशी लगायतले लोकतन्त्रको प्राण स्वतन्त्र प्रेस भएको उल्लेख्य गर्दै प्रेस माथी हुने कुनै पनि आक्रमण सैय नहुने बताउनुभयो ।
शान्ति समाज रुपन्देहीका पुर्वसभापति महेन्द्र थापा/ हरिश ढकाल, लुम्बिनी वाग्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, नेपाल नाटय प्रतिष्ठान लुम्बिनी अध्यक्ष डा नारायण पन्थ, शान्ति समाज रुपन्देहीका पुर्व उपसभापति कपिल ज्ञवाली, सबलपोस्ट डट कम का प्रधानसम्पादक अमृत पाण्डेय कोषाध्यक्ष मोहनीलाल न्यौपाने / का. सदस्य सागर भुसाल लगायतको उपस्थिति थियो।
कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत, का.सदस्य सिता भट्टराईको संयोजन र सिता पौडेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।