स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम स्याङ्जाको चापाकाेट नगरपालिका वडा नं ३ थानभञ्ज्याङ स्थित महेन्द माविको प्राङ्गणमा साेमबार सम्पन्न भएको छ। नगर प्रमुख देव बहादुर खाँणले यस्ता कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीलाई पारदर्शी र जवाफदेही बनाउँदै जनतालाई सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा व्यक्त गर्नुभयो । सिमित स्रोत साधनको परिचालन गरेर स्थानीय तह प्रदेश सरकार र संघ संग समन्वय गरेर जनताका अपेक्षाहरू पुरा गर्ने पक्षमा आफू भएको बताउनु भयाे । नगर प्रमुख खाँणले जनताकाे घरदैलोमा मतदानका बेला बाेलेका कुरा पुरा गर्ने कार्यमा आफू अगाडि बढेको बताउदै त्यस अभियानमा आफू निरन्तर लागेको र जताकाे सेवा प्रवाहलाई प्रभावकारी बनाउने अभियानमा टाेल टाेलमा याेजना सम्झौता र स्वास्थ्य शिविर सञ्चालन र कृषि उपजलाई प्रभावकारी र व्यवसायी करण गर्ने पक्षमा लागेको कुरा बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख इशा राना, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले चापाकाेट नगरपालिकाले बजेट र याेजनालाई पार्दशी तवरले सञ्चालन गरेको र भुबनाेटका हिसाबले विकास निर्माण प्रक्रियामा केही समानुपातिक तवरले अगाडि नबढेको देखिएको भएता पनि त्यसलाई समानुपातिक बनाउने पक्षमा लाग्ने कुरामा जाेड दिनुभयाे । प्रहरी नायब उपरीक्षक दीपक मल्लले जनताको शान्ति सुरक्षामा आफूले सक्दाे पहल गर्ने कुरा बताउनुभयाे ।
कार्यक्रममा चापाकाेट नगरपालिका वडा नं.४ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता अर्जुन खाँण, वडा नं. ७ का अध्यक्ष मोहन केसी,समाजसेवी कमल गैह्रे नेपाली काँग्रेस नगर सभापती विक्रम बहादुर सारु, नइन्द् बहादुर खाँण श्रीराम घिमिरे , वडा नं. ३ का वडाअध्यक्ष जित बहादुर राना लगाएतले आफ्नो जिज्ञासा् राख्नुभएको थियो । शिक्षा स्वास्थ्य,कृषि ,पशु, शाखाका प्रमुखसहित विभिन्न शाखाका प्रतिनिधि र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीयहरूले सडक मर्मत, स्वास्थ्य सेवामा सुधार, विपद्का समयमा तत्काल सेवा उपलब्ध गराउने व्यवस्था, विद्यार्थीहरूका लागि शौचालय र स्थानीय पाठ्यसामग्रीको अभाव, विपन्न महिला तथा बालबालिकाका लागि सेवा-सुविधा अभिवृद्धि, बजेट खर्चको प्रगति विवरण जस्ता विषयमा गुनासा राखेका थिए। सम्बन्धित निकायका अधिकारीहरूले तिनको जवाफ दिएका थिए भने कार्यक्रम उठेका समस्या र गुनासोकाे समाधान सिङ्गो नगरपालिका लाग्ने प्रतिबन्धता व्यक्त गर्नु भएको थियाे। कार्यक्रमको सहजीकरण आलमदेवी मिडिया प्रालिका अध्यक्ष टिकाराम अधिकारीले गर्नुभएको हो ।












