बर्दघाटको खानेपानी अवलोकनका लागी बर्दियाको टोलि बर्दघाटमा 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
असार ५ गते
नवलपरासी । बर्दियाको मधुवन नगरपालिका–९ मा रहेको सानोश्री खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्ययन तथा अवलोकनका लागी बर्दघाट आएको छ । बिहिवार बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको अवलोकन र अन्तरक्रिया कार्यक्रमका सम्पन्न भएको हो ।

सानोश्री संस्थाका उपाध्यक्ष महमद अलिको नेतृत्वमा आएको टोलीमा संस्थाका पदाधिकारी, जनप्रतिनिधि तथा वडा नं. ९ का अध्यक्ष हर्कबहादुर बस्नेतसहितको उपस्थिति रहेको थियो। टोलीले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संरचना, व्यवस्थापन, सेवा प्रवाह प्रणाली, पारदर्शिता, दिगोपन, तथा नविन अभ्यासबारे जानकारी लिएको हो।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हाल देशभरबाट अध्ययन, अवलोकन र सिकाइका लागि आउने संस्थाहरूको प्रमुख गन्तव्य बन्दै गएको अध्यक्ष दीपक लम्सालले जानकारी दिनु भयो। उहाँका अनुसार बर्दघाटको यस संस्थाले सामुदायिक मोडेलमा उत्कृष्ट सेवा र उदाहरणीय व्यवस्थापन प्रस्तुत गर्दै आएको छ।
संस्थाको अनुभवबाट प्रेरणा लिने उद्देश्यले आएको टोलीले संस्थाले गरेको कार्यप्रति प्रशंसा व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको थियो। साथै, संस्थालाई अध्ययन अवलोकनको केन्द्र बनाएकोमा संस्थाले पनि सानोश्री टोलीप्रति हार्दिक आभार व्यक्त गरेको छ।
पछिल्लो समयमा विभिन्न ठाउँबाट बर्दघाट खानेपानीको अवलोकनमा आउनेको सख्यामा बढेको छ । राष्ट्रमा नै शुद्ध र गुणस्तरयुक्त पानी खुवाउने सस्थाको रुपमा परिचित भएका कारण बर्दघाट खानेपानीको अवलोकनमा आउने सस्थाहरु क्रमश वृद्धि भएको बर्दघाट खानेपानीका व्यवस्थापक बिष्णु भुसालले उल्लेख गर्नु भयो ।