अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान, महासचिवमा गौतम

प्रकाशित मिति:

लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ ।

बिहीबार सम्पन्न भएको समाजको अधिवेशनले साहित्यकार एन.बी. अन्जानको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अन्जानको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा सागर शाह, उपाध्यक्षमा उर्मिला कार्की र महासचिवमा मणिराज गौतम चयन हुनुभएको छ । अधिवेशनले सचिवमा ऋतुशला लामा र कोषाध्यक्षमा मुना न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै सदस्यमा सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला चयन हुनुभएको छ । समाजको सल्लाहकारमा रबिन अधिकारी, यादव देवकोटा, सबी श्रेष्ठ, अर्जुन श्री र आरपी पन्तलाई चयन गरिएको समाजले जनाएको छ ।