बुटवल । पत्रकारितामा मोफसलको राजधानीका रुपमा सुपरिचित हुँदै विगत ३५ वर्षदेखि बुटवलबाट नियमित प्रकाशित पहिला दैनिक हाल साप्ताहिक रुपमा प्रकाशित जनसंघर्ष पत्रिका आजदेखि ३५ औं वर्ष पूरा गरी सगौरव ३६ औं वर्षमा प्रवेश गरेको छ ।विं।सं।२०४७ साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवतरुपमा दर्ता भई २०४७ साल असार ९ गतेदेखि पहिलो अंक प्रकाशित गर्दै जनसंघर्षले आफ्नो प्रकाशन यात्रा सुरु गरेको हो ।मोफसलको पत्रकारितामा विशिष्ट स्थान बनाउन सफल जनसंघर्ष पत्रिका स्थापनाकालदेखि हालसम्म आम पाठक र विज्ञापनदाताहरुको रोजाईको पत्रिका बनेको छ । यो पत्रिकामा प्रकाशित हुँदैआएका समाचार,लेख, रचना तथा प्रकाशित विचारहरुले लोकतन्त्र तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत विकासमा विशेष योगदान पु¥याउँदै आएको छ । यो पत्रिकामा रिर्पोटिङ तथा सम्पादनमा कार्यरत पत्रकारहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति आर्जन गरेका छन् । साथै प्रशासनिक तथा न्यायिक क्षेत्रमा समेत यस संस्थामा कार्यरत सञ्चारकर्मीहरुले राम्रो स्थान प्राप्त गर्न सफल भएका छन् । ३५ वर्षसम्म अनवरत रुपमा प्रकाशित यो पत्रिका नेपाली पत्रकारिता जगतको आफैमा ऐतिहासिक दस्तावेज हो ।
जनसंघर्षमा छापिएका सूचना, समाचा र विचारको अध्ययन अनुसन्धान एवं सष्लेशण गरी अभिलेखिकृत गर्ने हो भने ऐतिहासिक दस्तावेजको रुपमा रहनेछ । यो पत्रिकाको अंक १ देखि ३५वर्षसम्मका सबै प्रकाशित प्रतिहरु हाम्रो कार्यालयमा अभिलेखको रुपमा सुरक्षित रहेका छन् ।
यसको अध्ययन अनुसन्धान गर्न चाहने पाठक, विद्यार्थी, अनुसन्धानकर्ता सबैका लागि हामी उपलब्ध गराउन सक्छौं ।परिवर्तित सन्दर्भमा यो पत्रिका अरु स्तरीय हुँदै अगाडि बढ्नेछ र नेपाली समाजलाई जनसंघर्षले सभ्य, सुसंस्कृत बनाउँदै अगाडि बढ्नमा निरन्तर योगदान दिईरहनेछ ।जनसंघर्षका संस्थापक डा। बालकृष्ण चापागाईंले भनेका छन्, – ‘‘ जनसंघर्ष प्रजातन्त्रको उपज हो । लोकतन्त्रको पहरेदार हो । संघीय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भ हो । नेपाल राष्ट्र , राष्ट्रियता र जनअधिकारको सम्बद्धर्न र संरक्षण गर्नमा जनसंघर्ष सदैव प्रतिबद्ध रही अगाडि बढ्नेछ । डा। चापागाईंले जनसंघर्षको ३६ औं वर्ष प्रवेशका अवसरमा संस्थालाई यहाँसम्म ल्याउन हरेक क्षेत्रबाट प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा सहयोग गर्ने पाठक, विज्ञापनदाता, पत्रकार, कर्मचारी, शुभेच्छुकलगायत समस्त महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।