पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित पारिजात सामुदायिक बन हाता भित्र रहेको ईको पार्कमा बृक्षारोपण गरिएको छ । पछिल्लो समय पर्यटन प्रवर्द्धनका लागि बर्दघाटका स्थानिय एवं संघ सस्थाहरु सक्रिय भएका छन ।
सोही अनुरुप आज ईको पार्कको सौन्दर्यिकरणका लागि बृक्षारोपण गरिएको हो ।नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहित स्थानीय ब्यक्ति,विभिन्न संघ सस्था र सुरक्षा निकायको समेत सहभागीतामा बृक्षारोपण गरिएको हो ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले पछिल्लो समय बर्दघाट नगरपालिकाले नगर भित्र रहेका पर्यटकिय स्थलहरुको संरक्षण प्रवर्द्धन र सौन्दर्यीकरणका लागि बृक्षारोपण र सरसफाई गर्दै आईएको बताउनु भयो ।नगरप्रमुख १२ अभियान अन्तर्गत पर्यटकिय स्थलहरुमा जन सहभागीतामा विभिन्न कृयाकलापहरु आयोजना हुँदै आएको उहाँले बताउनु भयो ।
“अहिले सबै स्थानियहरु सक्रियताका साथ लाग्नु भएको छ,जनश्रमदान गर्नु भएको छ,हामिले पनि आवश्यकताका आधारमा सक्दो बजेट बिनियोजन गरिएको छ,सबैले सकारात्मक लिनु भएको छ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।
पारिजात सामुदायिक बनका अध्यक्ष कमान सिंह थापाले बन भित्रको सो पार्कमा अहिले स्थानिय हरु मर्निङ वाक सहित मनोरञ्जनका लागि यहाँ आउने गरेकाले यो पार्कको प्रवर्द्धनका लागि तिनै तहका सरकारले लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।
पार्कमा “गरे के हुँदैन”भन्ने उदेश्य सहित स्थानीय अभियनताहरु पार्कको ब्यवस्थापनका लागि सकृय रुपमा लागेका छन ।अहिले यो पार्कमा स्थानिय संघसस्थाहरुको उल्लेख्य सहभागीतामा जनश्रमदानमा समेत जोडिने गरेका छन ।यसले समाजमा समेत सकारात्मक सन्देश प्रवाह भएको अभियनता एवं स्थानियहरुले बताएका छ्न ।
आज गरिको बृक्षारोपण कार्यक्रममा सल्ला लगायत अन्य विभिन्न प्रजातीका बिरुवाहरु लगाईएका छन ।बिरुवा लगाउने मात्रै नभै लगाईएका बिरुवाहरुको संरक्षण सगै हुर्काउन पनि सक्नु पर्ने सहभागीहरुले बताए ।