प्रकाश न्यौपाने
असार २९ गते
नवलपरासी । बर्दघाट प्रज्ञा प्रतिष्ठानको छैटौं सभा आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्ष रहेको सभामा सदस्य सचिव शरद पौड्यालले प्रस्तुत गर्नु भएको पाँचौं प्रज्ञा सभा पछि बसेका बैंठक नम्बर २७ देखि ३३ सम्मका निर्णय अनुमोदन, आर्थिक प्रतिबेदन र आगामी बजेट, लेखा परीक्षक नियुक्ति लगायतका निर्णयहरू सभाले अनुमोदन गरेको छ ।
सभामा आदिकवि भानुभक्त आचार्यको चर्चा गरिएको छ ।आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर बर्दघाट प्रज्ञा प्रतिष्ठानले छैटौं प्रज्ञा सभा भव्य रूपमा सम्पन्न गरेको छ। सभामा विभिन्न साहित्यकारहरूले भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै नेपाली भाषा र साहित्यमा उनको अतुलनीय भूमिकाको चर्चा गरीएको छ ।
कार्यक्रममा साहित्यकार शेसकान्त पौडेलले आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषाका पहिलो प्रसिद्ध कविका रूपमा स्मरण गर्दै उनले संस्कृतमा सीमित वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा छन्दबद्ध अनुवाद गरेर आम जनमानसमा पुर्याएको उल्लेख गर्नु भयो । पौडेलका अनुसार घाँसीको प्रेरणाबाट भानुभक्तले आफ्नो ज्ञान र सिर्जनालाई जनसेवामा लगाउनुपर्छ भन्ने भावनाले नेपाली रामायण सिर्जना गरेको उल्लेख गर्दै, तेहि रचनाले उनलाई आदिकवि बनायो उल्लेख गर्नु भयो ।
कार्यक्रममा तोयानाथ चौधरी, उत्तमध्वज जिसि र बाबुराम मुसाफिरले लगायतले रचना वाचन गर्दै भानुभक्तलाई स्मरण गरेका छ्न । बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले प्रज्ञाले नगरको नाम उच्च बनाउने गरी साहित्यीक गतिविधि अगाडी बढाएको उल्लेख गर्नु भयो । ” हामीले बर्दघाटमा भएका कला, भाषा, साहित्य, नाटक, चित्रकलालगायतको प्रवर्द्धनमा लाग्नु हुने ब्यक्ति तथा सस्थालाई सम्मान गर्दै अगाडी बढेको छ ।” न्यौपानेले भन्नु भयो । पछाडि परेका स्रष्टाहरुलाई प्रज्ञाले सहयोग गरेको उल्लेख गर्दै प्रज्ञा प्रतिष्ठानले अनुसन्धानलाई प्राथमिकता दिएको न्यौपानेको भनाइ छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीका बहादुर पहारीले स्वागत मन्तव्य रहेको कार्यक्रममा धन्यवाद ज्ञापन दिपप्रकाश लोहनीले गर्नु भएको थियो।