बुटवल। गायक तथा संगीतकार होमनाथ कुँवरले चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ मार्फत सर्वोत्कृष्ट संगीतकारको बिधाबाट अवार्ड जित्न सफल भएका छन ।
गुल्मी जिल्ला इस्मा गाउँपालिका १ मा जन्मिएका होमनाथ कुँवर झण्डै १३ वर्ष साङ्गितिक क्षेत्रमा संघर्ष गरेर १०० भन्दा बढी गितमा आफ्नो स्वर, शब्द र संगीत भरेका छन ।साङ्गितिक क्षेत्रमा अत्यन्तै सक्रिय रही सघर्षले निखारिएका कुँवर भन्छन :- प्रदेशमा छु तर पनि गित संगीत लाई बिट मार्न भने पटक्कै सक्दिन, जीवन रहेसम्म गीत संगीतमा लाग्नेछु।
पछिल्लो समयमा बढ्दै आएको विकृति र छाडापन देख्दा अत्यन्तै दुःख लाग्छ । उनले बताए।
उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा,भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशिष्ट आतिथ्यता, उपमा सञ्चार प्रा.लि.की अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमनकुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।विशिष्ट कलाकार सविन बास्तोला, वरिष्ठ पत्रकार कृष्ण भट्टराई, वरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतम, वरिष्ठ लोक गायक तथा संगीतकार राजन भुजेल विश्वकर्मालाई श्रष्टा सम्मानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा बिभिन्न कलाकारहरुले बिबिध विधाबाट अवार्ड समेत हात पारेका थिए
कार्यक्रम उपमा सञ्चार प्रा.लि.का उपाध्यक्ष रामकृष्ण पाण्डे ‘अमन एकल’ को स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण पीएन सापकोटाले गर्नुभएको थियो। कार्यक्रम समापन गर्दै उपमा सञ्चार प्रालीका अध्यक्ष आशा गौतमले श्रष्टा र सर्जकहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउँदै सहभागी, सहकर्मी र शुभेच्छुकहरूलाई धन्यवाद दिनुभएको थियो।










