लायन्स क्लव अफ सैनामैना मलमलाको दोस्रो बोर्ड बैठक सम्पन्न : सल्लाहाकारहरू मनोनित
बुटवल – लायन्स क्लब अफ सैनामैना मलमलाले आफ्नो दोस्रो बोर्ड तथा जनरल मिटिङ सम्पन्न गरेको छ ।सैनामैना नगरपालिका वार्ड नम्बर ६ मा क्लबका अध्यक्ष लायन जीवन घिमिरेकाे अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय हरु गरेको छ ।क्लब लाई अझ प्रभावकारी बनाउन सल्लाहकारहरु समेत नियुक्ती गरेको छ। सल्लाहकार हरुमा लायन सरोज पन्थ
लायन युबराज कार्कि, लायन बिजय काफ्ले , लायन शिवराज पोख्रेल , लायन लेखनाथ गैरे , लायन रामप्रसाद बस्याल लायन बाबुराम कंडेल रहनु भयको छ ।
यसै गरि क्लबको प्रेस सल्लाहकारमा दिपक न्यौपाने लाई नियुक्त समेत गरिएको छ। क्लबले टेल टुइस्टरको जिम्मा सल्लाहकार लायन युबराज कार्की लाई दिइयको क्लवका अध्यक्ष घिमिरेले बताए ।यसै गरी महिलाहरुको महान पर्व हरितालिका तिजको शुभ अबसर मा लायन पारिबारिक तिज मिलन कार्यक्रम भदौ ६ गते शुक्रबार गर्ने समेत निर्णय गरेको छ ।
क्लब का प्रथम उपाध्यक्ष लायन चन्द्र प्रकाश बन को स्वागत एबम क्लबका सचीव ज्ञान प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष लायन जिबन घिमिरेले जानकारी दिए। क्लबले वार्षिक कार्ययोजना अन्तर्गत बिभिन्न सामाजिक कामलाइ पनी निरन्तरता दिईरहेको छ भने युवा लक्षित कार्यक्रमहरूलाइ अझै धेरै प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरेको छ ।










