म्यादीको धार्मिक धरोहरः गलेस्वरधाम—भगवान शिवको ज्योतिर्लिङ्ग र प्रकृतिको अनुपम संगम स्थल

प्रकाशित मिति:

म्यादी जिल्लामा अवस्थित गलेस्वरधाम नेपालका प्रमुख हिन्दू तीर्थस्थलहरूमध्ये एक हो । धाममा महाशिवरात्रि, श्रावण महिनाको सोमबार र अन्य हिन्दू पर्वहरूमा विशेष पूजा तथा अनुष्ठानहरू आयोजना गरिन्छ । धामले नेपाली मात्र नभई भारतीय भक्तहरूको पनि ध्यान आकर्षित गरेको छ । प्राकृतिक सौन्दर्यको दृष्टिले पनि गलेस्वरधाम अत्यन्तै आकर्षक छ । बेनीबाट करिब चार किलोमिटर अगाडी रहेको यस धाममा निजी सवारी, सार्वजनिक यातायात वा पैदल यात्रा गरेर पुग्न सकिन्छ। धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले गलेस्वरधाम म्यादी जिल्लाको एक महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा स्थापित छ। बावु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको शवलाई शिव भगवानले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ । १९औँ शताब्दीको अन्त्यतिर गलेश्वर वावा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको जानकारले बताएका छन् ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको वराहा पोखरी, जडभरत गुफा, नौ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जगविना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, एक सय आठ शिवलिङ्ग, साँढेका विशाल मूर्तिहरु घण्टा यहाँका मुख्य आकर्षण हुन् । पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनको माग रहेको छ । मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।