पुष २२ बुटवल । तिलोत्तमा जेसीजको सातौ बार्षिक साधारण सभा तथा अधिवेशनबाट नया नेतृत्व चयन भएको छ। तिलोत्तमा जेसिज बर्ष २०१९ को लागि भएको निर्वाचनमा जेसि जय प्रकाश भट्टराई अध्यक्षाम र जेसी महेश शर्मा र विनित भट्टराई कार्यकारणी उपाध्यक्ष र उपाध्यक्षमा जेसी प्रदिप जि सी जेसी अरुण खनाल जेसी प्रकाश न्यौपाने जेसी रमेश न्यौपाने र अध्ययक्षद्वरा मनोनित पद महासचिवमा जेसी लोक प्रसाद भण्डारी कानुनि सल्लाहकारमा बासुदेव शर्मा कोषाध्यक्षमा जेसी प्रकाश गौतम र अध्यक्ष सल्लाहकारमा निर्वमान अध्यक्ष जेसी यादव भट्टराई र बोर्ड सल्लाहकारमा सस्थापक अध्यक्ष JCI सिनेटर विनोद ढकाल सर्वसहमतले हुनुभएको कार्यकारणी उपाध्यक्ष जेसी महेश शर्माले बताउनुभयो।
कार्यक्रमा बर्ष २०१८ का अध्यक्ष जेसी इश्वर पाण्डेको अध्यक्षतामा र सस्थापक अध्यक्ष JCI सिनेटर विनोद ढकालको प्रमुख अतिथ्यता र कार्यकारणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी बासुदेव शर्माको स्वागत मन्तब्य र जेसी विदुर पौडेलको सञ्चालनमा रभएको थियो भने निर्वाचन अधिकृत निर्वतमा अध्यक्ष जेसी यादब भट्टराई हुनुहुन्थयो।












