बर्दघाट, नवलपरासी । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्य गर्दै विभिन्न अस्पतालका बिरामी तथा बालबालिकालाई फलफुल वितरण गरेका छन्।
मेयर श्रेष्ठले चिसापानी अस्पताल, शहीद स्मृति अस्पताल चौपत्ता तथा सहयात्री नेपालमा आश्रय लिइरहेका बालबालिकामाझ फलफुल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत जन्मोत्सव मनाउँदै आएका मेयर श्रेष्ठले गत वर्ष विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका थिए।
जन्मदिनमा हुने फजुल खर्चलाई यथासम्भव सामाजिक सेवामा जोड्न सबैलाई आग्रह गर्दै मेयर श्रेष्ठले ‘‘सानासाना प्रयासहरूले नै समाजको रुपान्तरणमा ठूलो भूमिका खेल्छ’’ भन्ने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनहरूमा पनि समाज सेवा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरे










