वाइडवडी खरिद प्रकरणबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौं, २२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो एक बजे हुने सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक बर्षमा गरेका काम कार्वाहीको फेहरिस्त संसदमा प्रस्तुत गर्नेछन् ।उनले सरकारका आगामी योजना र सरकारका कामकारबाहीका विषयमा जानकारी दिने कार्यक्रम रहेको छ । साथै उनले वाइडवडी खरिद प्रकरणमा सरकारकै मन्त्रीको नाम मुछिएपछि प्रधानमन्त्रीले त्यस विषयमा पनि बोल्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ँग्रेसले निर्मला पन्तकाे हत्यारा पत्ता नलागेकाे भन्दै सरकारकाे चर्काे आलाेचना गर्दै आएकाे छ । साथै काँग्रेसले वाइडवडी खरिद प्रकरणमा निष्पक्ष छानविन गर्न सरकारकाे ध्यानाआकर्षण गराएकाे थियाे । पुस ११ गते सुरू भएको हिउँदे अधिवेशनको पहिलो दिन सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएका कामको जस वर्तमान सरकारले लिएको भन्दै आपत्ति जनाएका थिए । देउवाले आफ्नो पालामा सुरू भएको सामाजिक सुरक्षा कार्यक्रमको श्रेय वर्तमान सरकारले लिएकोमा आक्रोश व्यक्त गरे ।