तामाङ समाज पोर्चुगलको अध्यक्षमा कुमार सिं बल

प्रकाशित मिति:

लिस्बन, ९ मंसिर । तामाङ समाज पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ ।

आईतवार राजधानी लिस्बनमा सम्पन्न भएको समाजको आठौं अधिवेशनले कुमार सिं बलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि बलको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जनाएको छ ।

जसको उपाध्यक्षमा दिलकुमारी घिसिङ, शुकराम योन्जन र अनुप ब्लोन चयन हुनुभएको छ । अधिवेशनले महासचिवमा मिनकुमार योञ्जनलाई चयन गरेको छ । भने सचिवमा मरिचमान तामाङलाई चयन गरेको छ। यस्तै समाजको कोषाध्यक्षमा मिलन लामा र सह-कोषाध्यक्षमा जिवन स्याङतान चयन हुनुभएको छ।

सदस्यहरुमा लोप्साङ नोर्वु लामा, उर्गेन लामा, सपना बोम्जन, राजेन्द्र डिम्डुङ, छिरिङ लामा (रेनिशा), सविन तामाङ, निर्मला लामा, सौरव राज स्याङतान, प्रमिश ग्याबा तामाङ, उमेश लो तामाङ, हर्क बल तामाङ, ईन्द्र बहादुर लामा, धन लाल तामाङ (ग्याल्छेन), सन्जय लामा, डोल्मा घिसिङ, दिल बहादुर तामाङ, सुनिल कुमार तामाङ बल, दिल कुमार तामाङ वाईबा, पुजा मोक्तान, सुवार्ण लो तामाङ चयन हुनुभएको छ ।

कार्यक्रम समाजका अध्यक्ष गोपाल योञ्जनको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।