बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा न्यू लाइफ मा.वि. प्रथम

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मसिर २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा न्यू लाइफ माध्यमिक विद्यालय प्रथम बन्न सफल भएको छ। यो संगै न्यू लाइफ माबीले पाचौं पटक नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पर्न सफल भएको छ । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्दै गङ्गा माध्यमिक विद्यालय द्वितीय र कुमुदिनी इङलिस माध्यमिक विद्यालय तृतीय स्थान हासिल गरेका छन्।


एथलेटिक्स, भलिवल, कबड्डी, खो–खो, आईटीएफ, कराते, उसुलगायतका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै न्यू लाइफ मा.वि.ले २१ स्वर्ण, ६ रजत, १२ कास्य गगरी जम्मा ३९ पदक हात परेको विद्यालयका प्रीन्सीपल सन्तोष अधिकारीले जानकारी दिनु भयो ।

 


समापन समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले खेलकुदले विद्यार्थीको अनुशासन, क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाले नगरभित्रका सबै खेल विधालाई निरन्तर प्रोत्साहन गर्दै दक्ष खेलाडी उत्पादनमा नगरपालिकाको विशेष ध्यान रहेको उल्लेख गर्नु भयो ।


मसिर १९ गते देखी सञ्चालन भएको बर्दघाट नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता बर्दघाट–४ स्थित नवजीवन माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो । जसमा नगर भित्र रहेका सामुदायिक र सस्थागत गरी २६ वटा विद्यालयका विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेका थिए ।