प्रकाश न्यौपाने
मसिर २७ गते
नवलपरासी । बर्दघाट जेसीजको सातौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनले जेसी महेन्द्र गौतमलाई अध्यक्षमा चयन गरेको छ।
नवगठित कार्यसमितिमा कार्यकारी उपाध्यक्षका रूपमा जेसी मिलन आचार्य र जेसी चाँदनी सूर्यवंशी चयन भएका छन्। महासचिवमा जेसी खुमाकान्त न्यौपाने तथा कोषाध्यक्षमा जेसी विष्णु भुषाल न्यौपाने चयन भएका छन्।
यसैगरी उपाध्यक्ष पदमा जेसी किशोर गैरे, जेसी विष्णु खनाल, जेसी विक्रान्त भण्डारी क्षेत्री र जेसी दुर्गा प्रसाद सुवेदी चयन भएका छन्। व्यवसाय संयोजकका रूपमा जेसी मनिषा न्यौपाने चयन भएकी छन्।
जेसिजका अध्यक्ष मोहन सापकोटा तथा पुर्व अध्यक्ष राजु न्यौपानेले सम्पूर्ण निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई बधाई दिदै सफल नेतृत्व, एकता र ऊर्जाका साथ बर्दघाट जेसीजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अधिवेशनले संस्थाको आगामी कार्यदिशा, नेतृत्व विकास तथा सामुदायिक सेवामा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












