मदिरा ब्यबसायी संघ रुपन्देहीले आफ्नो स्थापना दिवसकाे अबसरमा बिभिन्न कार्यक्रमहरू सम्पन्न

प्रकाशित मिति:

बुटवल – मदिरा ब्यबसायी संघ रुपन्देहीले आफ्नो स्थापना दिवसकाे अबसरमा बिभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । यसै अन्तर्गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो भने शनिबार देवीनगरको अनाथ आश्रममा भोजन वितरण गरेको छ । १७ औं स्थापना दिवसकाे अबसरमा बुटवल ब्लड बैंकमा आयोजित रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बावुराम ज्ञवालीले जानकारी दिए। रक्तसञ्चार केन्द्र बुटवलमा आयोजीत रक्तदानमा विभिन्न संघ सस्थाका प्रतिनिधिको समेत सहभागिता रहेकाे कार्यक्रम संयोजक सुमन न्यौपानेले जानकारि दिए। संघका अध्यक्ष बावुराम ज्ञवालीकोे अध्यक्षतामा सम्पन्न भयको कार्यक्रममा वोल्दै प्रमुख अतिथी संघका संस्थापक अध्यक्ष अमर सिंह प्रधानले संस्थाले पछिल्लाे समय सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक कार्यक्रम गर्दै गइरहेकोमा खुसी प्रकट गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश अध्यक्ष शम्भु भट्टराई,संघका निवर्तमान अध्यक्ष हिमालय भुषाल, सल्लाहाकार दिनेश श्रेष्ठ, अशोक श्रेष्ठ, लगायतले बोल्दै संकटमा रहेकाे व्यवसायलाइ माथी उठाउन सबै एक जुट हुनु पर्ने र सामाजिक कामलाइ पनि प्राथमिकता राखेकोमा जोड दिएका थिए। संघका महासचिव जीवन पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सल्लाहकार कृष्ण गौतम, मिग्रेन्द्र गोविन्द श्रेष्ठ लगायतले समेत आ आफ्नो धारणा राखेका थिए भने स्थापना दिवसकै अबसरमा शनिबार अपाङ्ग आश्रम देवीनगरमा खाना खुवाउने कार्यक्रम समेत रहेको संघका प्रथम उपाध्यक्ष बाबुलाल खनालले जानकारि दिए। यसै गरी शनिबार सम्पन्न भोजन सेवा अर्पण कार्यक्रममा ४५ जना भन्दा बढीलाई सेवा दिएको कार्यक्रम संयोजक बाबुलाल खनालले जानकारी दिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल मदिरा ब्यवसायी महासंघका केन्द्रिय सल्लाहकार दिनेश श्रेष्ठले नयाँ कार्यसमिती आईसके पछी जिल्लामा राम्रा कामकाे सुरुवात भएको भन्दै व्यवशायलाइ समेत प्राथमिकता दिई स्वस्थ प्रतिस्पर्धामा लाग्नुपर्ने बताए। कार्यक्रममा संघका सल्लाहाकार अशोक श्रेष्ठ, व्यवशायी सुवर्ण सिलवाल, लगायतको उपस्थितिमा भोजन सेवा अर्पण ताथा खाद्यान्न वितरण गरिएको संघका महासचिव जिबन पाण्डेले जानकारी दिए। अगामी दिनमा संस्थाले अन्य सामाजिक उत्तरदायित्व सहितका कार्यक्रमहरुलाई निरन्तरता दिने मदिरा ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष बावुराम ज्ञवालीले जानकारी दिए ।