ग्लोबल आइएमई बैंक बुटवल मुख्य शाखाद्वारा तिलोत्तमा माविलाई वाटर डिस्पेन्सर वितरण
ग्लोबल आइएमई बैंक बुटवल मुख्य शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–०३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयलाई एक थान वाटर डिस्पेन्सर वितरण गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सुरक्षित, शुद्ध तथा सहज रूपमा पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त वाटर डिस्पेन्सर वितरण गरिएको हो।
वाटर डिस्पेन्सर वितरण कार्यक्रम तिलोत्तमा माध्यमिक विद्यालयमै आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक बुटवल मुख्य शाखाका शाखा प्रबन्धक संजय बगालेले बैंक केवल वित्तीय कारोबारमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य तथा समुदायको समग्र विकासमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले स्वच्छ पानी मानव जीवनका लागि अत्यन्त आवश्यक भएको उल्लेख गर्दै विद्यालयजस्तो संवेदनशील क्षेत्रमा गरिएको सहयोगले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै तिलोत्तमा माध्यमिक विद्यालयका प्रधानाध्यापक झबिन्द्र ज्ञवालीले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक हितका कार्यमा अग्रसरता देखाउनु अत्यन्त सकारात्मक रहेको बताउनुभयो। उहाँले ग्लोबल आइएमई बैंकको यस पहलको प्रशंसा गर्दै विद्यालयलाई प्राप्त सहयोगले विद्यार्थीहरूको दैनिक जीवनमा प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो।
कार्यक्रम विद्यालय परिवार, स्थानीय समुदाय तथा बैंकका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। यस्तो सामाजिक उत्तरदायित्वका कार्यले विद्यालय–समुदाय र बैंकबीच आपसी सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुरयाउँदै आएको छ ।












