फाल्गुण ३ गते
चितवन, फाल्गुण ३ – राप्ती नगरपालिका–४ गैंडाढापस्थित श्री जय हरिकीर्तन मण्डप परिसरमा प्राचीन तथा पुरातात्विक महत्व बोकेको भगवान आशुतोष महादेव मन्दिरको समुद्घाटन तथा प्राणप्रतिष्ठा समारोह यही २०८२ साल फाल्गुण ३ गते, महाशिवरात्रिको पावन अवसरमा भव्य रूपमा सम्पन्न भएको छ ।
सुर्की, चुना र काठजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरी वास्तुशास्त्रीय विधि अनुसार निर्माण गरिएको उक्त मन्दिर सम्भवत: नेपालकै पहिलो र एकमात्र भगवान आशुतोष महादेवको विशिष्ट संरचनाका रूपमा रहेको आयोजक समितिले जनाएको छ। मन्दिरको बनावटमा परम्परागत नेपाली शैली र धार्मिक आस्थाको समन्वय झल्किएको छ।
समारोहका अवसरमा १२१ जना ब्राह्मण तथा कर्ताहरूको सहभागितामा वैदिक विधिअनुसार महारुद्राभिषेक, अखण्ड हवन, वेदपाठ, चण्डीपाठ, जप, लाखबत्ती प्रज्ज्वलन तथा भजन–कीर्तन लगायतका विशेष धार्मिक कार्यक्रम सञ्चालन गरिएको छ । बिहानैदेखि सुरु हुने अनुष्ठान साँझ गरिएको छ ।
आयोजकका अनुसार महाशिवरात्रिको दिन प्राणप्रतिष्ठा सम्पन्न गरिनु धार्मिक दृष्टिले अत्यन्त शुभ मानिन्छ। यस अवसरमा हजारौँ भक्तजनको उपस्थितिको रहेको थियो । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा मन्दिर निर्माणले राप्ती क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
स्थानीय स्तरमा धार्मिक गतिविधि बढ्नुका साथै आर्थिक चलायमानता समेत सुदृढ हुने अपेक्षा गरिएको छ। समारोहलाई भव्य र सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई गरिमामय उपस्थितिमा सम्पन्न भएको छ ।












