सचेतना अभियान सम्पन्न

प्रकाशित मिति:

सिद्धार्थनगर, वैशाख ९ (२२ अप्रिल) — विश्व पृथ्वी दिवस को अवसरमा सिद्धार्थनगर नगरपालिका क्षेत्रमा युवाहरूको सक्रिय सहभागितामा WASH (खानेपानी, सरसफाइ तथा स्वच्छता) तथा IPC (संक्रमण रोकथाम तथा नियन्त्रण) सम्बन्धी सचेतना अभियान सम्पन्न भएको छ।
Tapas Nepal का युवाहरूको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियान UNICEF Nepal को WASHFIT परियोजना अन्तर्गत सञ्चालन गरिएको हो, जसलाई छाँया नेपाल र HECAF 360 ले संयुक्त रूपमा कार्यान्वयन गरेका छन्।अभियान अन्तर्गत युवाहरूले समुदायमा सरसफाइको महत्त्व, सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत स्वच्छता, तथा स्वास्थ्य संस्थामा संक्रमण रोकथामका उपायहरूबारे जानकारी प्रदान गरेका थिए। कार्यक्रममा सहभागीहरूले हात धुने सही तरिका, फोहोर व्यवस्थापन, तथा रोग संक्रमण रोक्न अपनाउनुपर्ने व्यवहारबारे व्यवहारिक प्रदर्शन समेत गरेका थिए।

स्थानीय स्तरमा युवाहरूको यस्तो पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले यस्ता सचेतनामूलक गतिविधिहरूले दैनिक जीवनमा सरसफाइ तथा स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्।आयोजक संस्थाका अनुसार, वातावरण संरक्षण र जनस्वास्थ्य सुधारलाई सँगसँगै अघि बढाउन यस्ता अभियानहरू महत्वपूर्ण छन्। विशेषगरी युवाहरूको सहभागिताले दीर्घकालीन व्यवहार परिवर्तनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।यस सम्बन्धमा Binita Kafle, प्रदेश संयोजक, Health Environment and Climate Action Foundation ले समुदाय स्तरमा यस्ता अभियानहरूले व्यवहार परिवर्तन (Behaviour Change) ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।विश्व पृथ्वी दिवसको अवसरमा आयोजित यस अभियानले “स्वस्थ वातावरण, सुरक्षित समुदाय” भन्ने सन्देश प्रवाह गर्दै स्थानीय तहमा WASH तथा IPC अभ्यासलाई सुदृढ बनाउन सहयोग पुगेको आयोजकहरूले जनाएका छन्।