बुटवल -CSIT Association of Nepal, Rupandehi को ९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कल्पित नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यक्रममा कम्प्युटर एसोसियसन अफ नेपाल रुपन्देहीका अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यसैगरी सिएस आई टी एसोसियसन अफ नेपाल रुपन्देहीका निवर्तमान अध्यक्ष माधव पौडेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको प्रारम्भिक सत्र कल्पित नेपालले सञ्चालन गरेका थिए भने नयाँ कार्यसमिति गठन पश्चात् कार्यक्रमको सञ्चालन आदर्श पौडेलले गरेका थिए।
साधारण सभाले संगठनको आगामी कार्यदिशा, योजना तथा सूचना प्रविधि क्षेत्रमा विद्यार्थीहरूको भूमिका सुदृढ गर्ने विषयमा छलफल गरेको थियो। नवगठित कार्यसमितिले CSIT विद्यार्थीहरूको हकहित संरक्षण, क्षमता विकास तथा प्रविधि क्षेत्रमा अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, विद्यार्थी तथा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।












