प्रकाश न्यौपाने
जेष्ठ २८ गते
नवलपरासी । ५४ औँ विश्व वातावरण दिवस तथा २७ औँ राष्ट्रिय सरसफाइ सप्ताहको अन्तिम दिन बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले झाडी फँडानी र टोल सरसफाइ गरेको छ ।सस्थाले बर्मेलीटोलस्थित दुर्गा मन्दिर परिसरमा सरसफाइ तथा झाडी फँडानी गर्दै सरसफाइ सप्ताहको समापन गरेको हो ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संस्थाले महेन्द्र राजमार्गदेखि डम्पिङ साइट तथा जंगल क्षेत्रमा रहेको रिजर्भ वायर ट्यांकीसम्म जाने बाटोको सरसफाइ गरी अभियानको गरिएको सस्थाका उपाध्यक्ष कमल थापाले जानकारी दिनु भयो ।
समापन कार्यक्रममा बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख तथा संस्थाका सल्लाहकार धीरज शर्मा, नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, सस्थाका निवर्तमान अध्यक्ष धातानन्द बश्याल, पूर्व अध्यक्ष सिद्धिविलास हमाल, कानुनी सल्लाहकार रामकृष्ण पौडेल, खानेपानी जिल्ला महासंघका अध्यक्ष देविदत्त सापकोटा, संस्थाका अध्यक्ष दीपक लम्साल, उपाध्यक्ष कमल थापा, सचिव शोभाकान्त कोइराला, वडा सदस्य जनक रावल तथा व्यवस्थापक विष्णुकुमार भुसाल, स्थानीय उपभोक्ताहरु उपस्तिथिमा टोल सरसफाइ गरिएको थियो ।
वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थलहरूको सौन्दर्यीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष दिपक लम्सालले जानकारी दिनु भयो । ” उपभोक्ता नै सचेत भए मात्रै सरसफाइ कार्यक्रमले सार्थक पाउने हुँदा उपभोक्ता केन्द्रित कार्यक्रम गरिएको हो ।” अध्यक्ष लम्सालले भन्नु भयो ।

सस्थाले निजि क्षेत्र बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्या, जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरेन थापा, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, स्थानीयवासी, संस्थाका कार्यसमिति तथा लेखा समिति सदस्य, खानेपानी सुरक्षा स्वयंसेवक टोली, सरसफाइ समिति तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता बनाउदै सरसफाइ सप्ताह मनाएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले वातावरण संरक्षण र सरसफाइलाई दैनिक जीवनशैलीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका दिनु भएको थियो । संस्थाले आगामी दिनमा पनि वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












