रिलायबल नेपाल लाइफ इन्सुरेन्स, पाल्पा शाखामा कार्यरत एमडीआरटी सदस्य श्रीमती मायादेवी अर्यालले एमडीआरटी २०२७ को योग्यता समेत सफलतापूर्वक हासिल गर्नुभएको छ।बीमा क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षको छोटो अवधिमै उहाँले लगातार उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्दै एमडीआरटी २०२७ को योग्यता प्राप्त गर्न सफल हुनुभएको हो। कम उमेरमै प्राप्त यो उपलब्धिलाई बीमा क्षेत्रमा प्रेरणादायी तथा ऐतिहासिक सफलताका रूपमा हेरिएको छ।यस सफलताप्रति प्रतिक्रिया व्यक्त गर्दै श्रीमती अर्यालले भन्नुभयो, मेरो परिवार, कार्यालय तथा सम्पूर्ण सहकर्मीहरूको साथ, सहयोग र विश्वासकै कारण यो सफलता सम्भव भएको हो। आगामी दिनमा पनि अझ उच्च लक्ष्य हासिल गर्दै निरन्तर अगाडि बढ्ने मेरो प्रतिबद्धता रहनेछ।
यस अवसरमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स, पाल्पा शाखाले उहाँलाई विशेष अभिनन्दन तथा सम्मान गरेको थियो। आयोजित कार्यक्रममा प्रदेश प्रमुख पञ्चबहादुर तामाङ, शाखा प्रमुख सुवास गैरे तथा मार्केटिङ चिफ नवराज शर्मा लगायतले उहाँलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।श्रीमती मायादेवी अर्यालको यो उपलब्धिले सम्पूर्ण बीमा अभियन्ताहरूलाई समर्पण, निरन्तर मेहनत र दृढ लक्ष्यका साथ अघि बढे सफलता अवश्य प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।









