दाङ पौष २३ / सबल पोस्ट प्रगतिशील लेखक संघ, नेपाल प्रदेश नं. ५ को दोस्रो पूर्ण बैठक दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले प्रदेशमा रहेका १२ वटै जिल्लाहरुमा ११ औं राष्ट्रिय सम्मेलन हुनु अगावै जिल्ला सम्मेलनहरु गरिसक्ने निर्णय गरेको छ । यसका लागी सबै जिल्लाहरुमा सदस्यता वितरण, नवीकरण तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ । प्रदेश कमिटिले ९ सदस्यीय प्रदेश सल्लाहकार समेत मनोनयन गरेको छ । जसमा नारायणप्रसाद शर्मा, रामचन्द्र भट्टराई, दिल साहनी, पद्मप्रसाद शर्मा, शशीधर भण्डारी, हिरामणी दुखी, हरि तिमिल्सिना, बालकृष्ण भट्टराई र पूर्ण केसी रहेका छन् । बैठकले ‘प्रलेस प्रदेश ५’ मुखपत्र प्रकाशन गर्ने, त्यसका लागी अध्यक्ष केशव थापा (दाङ) प्रधान सम्पादक रहने गरि पंकजकुमार श्रेष्ठ (बाँके), सरिता श्रीस मगर (रुपन्देही), अर्जुन सर (कपिलवस्तु) र खेमराज शर्मा रहेको प्रकाशन टिम गठन गरेको छ ।
सल्लाहकार सम्पादकको रुपमा केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज पद्मप्रसाद शर्मा रहने निर्णय गरेको छ । सचिव खोमा तरामु मगर (रुपन्देही) को संयोजकत्वमा रामप्रसाद पोखरेल (प्युठान), बिजया पन्त (पाल्पा), गोविन्द पुन ‘गिरिस’ (पूर्वी रुकुम), र खेमराज शर्मा (रोल्पा) रहेको संगठन विभाग गठन गरेको छ । त्यसैगरि कोषाध्यक्ष निमबहादुर थापा (दाङ) को संयोजकत्वमा शशीराम कार्की ((बाँके) र सुवास यात्री (रुपन्देही) सदस्य रहेको आर्थिक विभाग समेत गठन गरेको छ ।
बैठकले प्रगतिशील प्रतिभा पुरस्कार स्थापना समेत गरेको छ । प्रदेश कमिटिमा रिक्त रहेको दुई सदस्यमा गोविन्द पुन ‘गिरिस’ (पूर्वी रुकुम) र देवराज विक (दाङ) लाई मनोनयन गरेको छ ।
बैठकमा प्रलेस, नेपाल केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज पद्मप्रसाद शर्माले प्रदेश र केन्द्रको महत्वपूर्ण निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै प्रगतिशील लेखक साहित्यकारहरुको काँधमा नयाँ अभिभारा थपिएको बताए । उनले निर्धारित समयभित्रै योजना सम्पन्न गर्न जोड दिए । प्रदेश अध्यक्ष केशव थापाको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यता र सचिव खोमा तरामु मगरको संचालनमा बैठक सम्पन्न भएको थियो । बैठकमा १२ वटै जिल्लाको प्रगति रिर्पोट प्रस्तुत गरिएको थियो












