देशकै सर्वेत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय कपिलवस्तु कार्यसम्पादन मूल्याङ्कनमा ९१ अङ्कका साथ पहिलो स्थान हासिल ।
प्रकाशित मिति:
डिलारा भुसाल कपिलवस्तु, ७ साउन नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ‘ख’ श्रेणीका २२ वटा जिल््ला प्रहरी कार्यालयहरूलाई पछि पार्दै जिल््ला प्रहरी कार्यालय कपिलवस्तु देशकै सर्वोत्कृष्ट बनेको बताएको छ । आर्थिक वर्षको असार महिनाको मूल्याङ्कनमा उत्कृष्ट ९१ अङ्क प्राप्त गरी कपिलवस्तु प्रथम स्थान हासिल गर्न सफल भएको बताएको छ । सिमाना जोडिएको संवेदनशील जिल््लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवा प्रवाहमा देखाएको चुस्तताका कारण प्रहरीले यो ऐतिहासिक सफलता हात पारेको बताएको छ । कपिलवस्तु प्रहरीको यो सफलताबारे जिल््ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक एसपी मनोहर प्रसाद भट्टले टिमवर्क र स्पष्ट कार्ययोजनाका कारण सफलता सम्भव भएको बताउदै “हाम्रो टोलीको प्रभावकारी नेतृत्व, स्पष्ट कार्ययोजना, व्यावसायिक अनुशासन र प्रविधिमैत्री सेवा नै यो सफलताको मूल आधार रहेको र प्रभावकारी अपराध नियन्त्रणसँगै नागरिकमुखी प्रहरी सेवा दिन हामी हरपल खटिएको कारण यो सफलता सम्पूर्ण कपिलवस्तुवासी र अहोरात्र खट्ने प्रहरी टोलीको सामूहिक मेहनतको प्रतिफल रहेको प्रहरी उपरीक्षक एसपी मनोहर प्रसाद भट्ट,ले बताएका छन् । । ‘
सीमा सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि’ का साथै जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरीले अपनाएको रणनीतिक सक्रियताबारे दिँदै प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले सीमा क्षेत्रको सुरक्षा र अपराध नियन्त्रणमा हासिल भएका उपलब्धिहरूले यो नतिजा ल्याएको सफल भएको बताएका छन् । “सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको अवैध कारोबार, राजस्व चुहावट रोकथाम तथा अवैध भन्सार छली नियन्त्रणमा हामीले शून्य सहनशीलता अपनाएका छौँ। लामो समयदेखि फरार रहेका अपराधीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका छौँ। यसका साथै समुदाय र विद्यालय तहमा लागूऔषध, साइबर अपराध र ट्राफिक सचेतना सम्बन्धी जनचेतनामूलक अभियानले प्रहरी र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह,ले बताएका छन् । कपिलवस्तु प्रहरीले प्राप्त गरेको यो सर्वोत्कृष्ट अङ्क र स्थान केवल एउटा मूल्याङ्कन मात्र नभई जिल्लाको चुस्त सुरक्षा व्यवस्थापन, निष्पक्ष अपराध अनुसन्धान र नागरिकप्रतिको उत्तरदायी सेवा प्रवाहको प्रत्यक्ष प्रमाणका रूपमा लिइएको बताएको छ। यस सफलताले आगामी दिनमा अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम गर्न थप हौसला मिलेको कपिलबस्तु प्रहरीले जनाएको छ ।
Compose
Write to Dila Bhusal









