पुरुषोत्तम सुवेदी- पश्चिम नवलपरासी । भोटेकोशी तथा माथिल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण बगेर पश्चिम नवलपरासीस्थित नारायणी नदी तथा आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा शारीरिक अङ्गहरूको खोजी, पहिचान र व्यवस्थापन कार्य तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार नवलपरासी पश्चिम क्षेत्रमा मात्रै १३३ वटा पूर्ण शव र ६४ वटा मानव शरीरका अङ्गहरू गरी कुल १९७ वटा शव तथा अङ्ग फेला परेका छन्। यसमा भारतबाट ल्याई राखिएको १८ वटा शव समेत थप हुँदा कुल फेला पर्ने शव तथा अङ्गहरूको सङ्ख्या २१५ पुगेको छ। यसरी फेला परेका कुल शव तथा अङ्गहरूमा ४८ महिला, ८७ पुरुष, ६ बालक, ६ बालिका र ४ जना लिङ्ग नखुलेका रहेका छन्।
८ जनाको सनाखत, १९९ शव तथा अङ्गको व्यवस्थापन- फेला परेका शवहरूमध्ये भारतबाट ल्याएको १ सहित हालसम्म ८ जना ९१ महिला, ७ पुरुष० को सनाखत भई आफन्तलाई बुझाइएको छ। त्यस्तै, विभिन्न मितिमा कानुनी प्रक्रिया पूरा गरी कुल १९९ वटा ९१३९ वटा पूर्ण शव र ६० वटा शरीरका अङ्ग० शव तथा अङ्गहरूको व्यवस्थापन गरिसकिएको छ। तथ्याङ्क अनुसार भदौ १४ गते सुनवल(७ अलकत्रे डाँडामा ४५ वटा ९२० शव, २५ अङ्ग०, १५ गते सोही स्थानमा २३ वटा ९२२ शव, १ अङ्ग०, १६ गते बर्दघाट न।पा।(२ चिसापानी जङ्गलमा ६५ वटा ९५२ शव, १३ अङ्ग०, १७ गते भारतको ६ महिला र ३ पुरुषसहित १२ वटा शव, र १८ गते भारतको ४ महिला र ४ पुरुषसहित ५४ वटा ९३३ शव, २१ अङ्ग० शव तथा अङ्गहरूको व्यवस्थापन गरिएको छ।
८ वटा शव तथा अङ्ग व्यवस्थापन हुन बाँकी- हाल जिल्ला अस्पताल परासी नवलपरासीमा ४ वटा पूर्ण शव र ४ वटा शरीरका अङ्ग गरी जम्मा ८ वटा मात्र व्यवस्थापन हुन बाँकी रहेका छन्। बाँकी रहेकामध्ये १ जना पुरुषको सनाखत भइसकेको भए पनि शव बुझ्न बाँकी रहेको छ। माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका कारण धेरैजसो शवहरूको पहिचानमा कठिनाइ भए तापनि डिएनए परीक्षण र नारायणी तटीय क्षेत्रमा खोजी तथा पहिचानको कार्य अझै निरन्तर जारी रहेको प्रशासनले जनाएको छ।









