चरेससहित तीनजना पक्राउ

प्रकाशित मिति:

कोहलपुर्
प्रहरीले बाँकेको कोहलपुर(९ बाट ३० किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका(८ का कालिमान बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका(१ का बुद्धबहादुर रजाली र रुकुम पश्चिमको मुसिकोट नगरपालिका(६ का बलबहादुर बुढा छन् ।उनीहरुलाई इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रदेश प्रहरी कार्यालय प्रदेश नंं ५ को टोलीले मंगलबार राति पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० रमेशबहादुर सिंहले बताए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको सिंहको भनाइ छ ।