पढ्न बुटवल शहर झरेका युवती लागूऔषधको कुलतमा फसेपछी ….

प्रकाशित मिति:

बुटवल – पढ्नकै लागी स्याङ्जा वालिङबाट ६ बर्ष अगाडी बुटवल आएकी २१ सुनिता खड्का र खोटाङबाट रुपन्देही आएकी २४ बर्षिया ममता राईलाई पौष ९ गते बुटवलको बसपार्क नजिकैबाट लागू औषध सेवन गरेर लठ्ठ भएको अवस्थामा प्रहरीले पक्राउ गर्यो । उनीहरुसँग नुफिन १८, डाईजेपाम १८, फेनरागन १८ एम्पुल्स औषधी समेतबरामद भयो । सोही दिन बुटवल १०, औद्योगिक क्षेत्रमा चेकजाचँ गर्दा लु ३९ प ८२५ नम्बरको स्कुटीमा सलिना थापा क्षेत्री र २३ बर्षकी सना कुँवरको साथबाट पनि १३ ग ३ सय मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरियोे । विदेश जाने तयारीमा रहेका रुपन्देहीकै देवदह वडा नं. १ बस्ने २३ बर्षका होमनाथ जोगी र डम्बरबहादुर थापा को साथबाट १ ग्राम ५सय ५० मिलिग्राम ब्राउनसुगर फेला प¥यो । पौष १९ गते रुपन्देहीको रोहीणी गापा वडा ७ स्थित कृष्णप्रसाद श्रेष्ठको साथबाट नुर्फिन १सय थान, फेनरागन १सय थान, डाईजेपाम १सय थान पेला प¥यो ।

यि त केही प्रतिनिधी घटना मात्रै हुन, यसरी पछिल्लो समय लागूऔषध प्रयोग गर्ने र ओसार पसार गर्नेहरुको संख्या अत्याधिक बढेको छ ।कतिपय प्रहरीको फन्दामा पर्छन भने कतिपय प्रहरीको आँखाबाट जोगिएर यस्तो कारोबार गर्ने गरेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले पछिल्लो समय कारबाही चलेका मुद्दाहरुको जानकारी तथा सुचनाको लागी गरेको पत्रकार सम्मेलनमा पछिल्लो समय नाटकीय रुपबाट ठगी धन्दा गर्ने, लागू औषध ओसार पसार गर्ने तथा विभिन्न ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएका र कारबाही अगाडी बढाएको जनाएको छ ।

प्रेमको नाटक गरी रकम र सुनको सिक्री ठगी गर्ने मकवानपुर घर भै तिलोत्तमा १ बस्ने ४० बर्षका रोशन बजगाई र डाक्टर, ईन्जिनियर र सेनाको मेजर भनी पैसा उठाउँदै ठगी गर्ने पोखरा लेखनाथ ८ का कृष्ण बहादुर थापालाई हाल ठगी मुद्दा चलाईरहेको ईप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दिलबहादुर मल्लले जानकारी दिनु भयो । बुटवलको हिरासतमा रहेका ४ महिलाहरुले आफूहरुलाई साथीहरुको सँगतले आएकोे र छोड्न नसक्ने बताउँछन, यसरी पढ्ने उमेरसमुहका विद्यार्थी, युवा समुह तथा किशोरवस्थाका धेरै युवायुवतीहरु लागू औषधको कुलतमा फसेका छन् ।