मेष राशिः कार्यलाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ । वृष राशिः मित्र सुख मिल्नेछ, काम बन्नुका साथै मनमा प्रशन्नता रहनेछ । मिथुन राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ । कर्कट राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्चमा वृद्धि हुनुका साथै मनमा चपलता रहने देखिन्छ । सिंह राशिः पराक्रम बढ्नेछ, व्यवसायमा वृद्धि हुनुका साथै यात्राको योग देखिन्छ । कन्या राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । तुला राशिः आयमा वृद्धि हुनेछ, काम बन्नुका साथै व्यवसायमा उन्नति हुने देखिन्छ । वृश्चिक राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै मित्र भय रहनेछ । धनु राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।मकर राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन्, अध्ययनमा रुचि जाग्नुका साथै गणेशजीको उपासना आज शुभ रहनेछ ।कुम्भ राशिः मीष्ठान्न प्राप्तिको योग देखिन्छ, श्रीवृद्धिका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । मीन राशिः कार्यमा अस्थिरता आउने देखिन्छ, खर्च बढ्नुका साथै शत्रुभय रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्












