संचारकर्मी भण्डारी सम्पर्क बिहिन, खोजि कार्य जारि

प्रकाशित मिति:

बुटवल/ गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थल स्थित बाजाखर्क स्थाई घर भई बिगत ३० बर्ष देखि बुटवल उपमहानगरपालिका सुख्खानगरमा बस्दै आउनुभएका ६९ वर्षिय नरेन्द्र भण्डारी आज बिहान देखि सम्पर्क बिहिन हुनुभएको छ । बिहान ५० रुपैयां गोजीमा हालेर घरबाट निस्कनुभएका भण्डारी रातीसम्म सम्पर्कमा नआएपछि परिवारका सदस्यहरुले खोजि गरिदिन ईलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरेका छन ।

न्युरो समस्याका कारण औषधी सेवन गरिरहेका भण्डारी अवेर सम्म घर नफर्केपछि घरमा रुवाबासी मच्चीएको छ । बेपत्ता भण्डारीले केहि महिना पहिले सम्म बुटवल स्थित खस्यौली एफ एममा धार्मिक कार्यक्रम संचालन गर्नुहुन्थ्यो । ईलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरिक्षक दिलबहादुर मल्लले उजुरीका आधारमा प्रहरीले खोजिकार्य सुरु गरिसकेको बताएका छन्