नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले नेपाली काँग्रेसले आयोजना गरेको सरकारका बिरुद्धको बिरोध प्रदर्शन सहितको सभामा सहभागिताका लागि युयिनयनमा आवद्ध संस्था तथा आम सदस्यहरुलाई आह्वान गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको आईतबार बुटवलमा बसेको बैठकले प्रदेश पाँचको राजधानी बुटवल नै हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले स्थायी राजधानी अन्यत्रै तोक्नकालागि चलखेल गरेको निष्कर्ष निकाल्दै त्यसका बिरुद्ध नेपाली काँग्रेसले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागि हुन र सफल बनाउनकालागि सबैलाई आह्वान गरिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका सचिव हिमबहादुर केसीले बताउनु भयो ।पूर्ववर्ती सरकारले तोकेको प्रदेश पाँचको अस्थायी राजधानी बुटवललाई नै प्रदेश सभाले स्थायी तोक्नुपर्ने माग सहित नेपाली काँग्रेस रुपन्देहीले यहि माघको ३ गते बुटवलमा प्रदर्शन सहित बिरोध सभाको आयोजना गरेको छ ।सबैको पायक र सुविधाका हिसावले प्रदेशको राजधानी बुटवल उपयुक्त रहेको उल्लेख गर्दै नेपाल ट्रेड युनियन काँग्रेसको बैठकले प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै लैजाँदै गर्दा मजदुरका सुविधा पनि स्थानान्तरण हुने भएकाले त्यसका बिरुद्धको आन्दोलनमा साथ दिने निर्णय गरिएको र सबै सदस्यलाई सहभागिताका आह्वान गरिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ्ले बताउनु भयो ।बैठकमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले नेपाली काँग्रेसले आयोजना गरेको प्रदर्शन सहितको सभा र त्यसमा ट्रेड युनियनका भूमिकाका बारेमा जानकारी गराउँदै यो आन्दोलनलाई उचाईमा पु¥याउन मजदुरले साथ र सहयोग गर्नुपर्ने बताउनु भयो ।
बैठकमा ट्रेड युनियन रुपन्देहीका सल्लाहकार मुक्ति खरेल, आवद्ध संघको तर्फबाट कृष्णमायाँ राना, लक्ष्मी श्रेष्ठ, श्रीकान्त सुवेदी, रेनु कर्माचार्य, सहसचिव थानप्रसाद भुसाल लगायतले धारणा राख्नुभएको थियो । त्यस अवसरमा आवद्ध संघबाट सबैले उल्लेखनीय सहभागिता गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल ट्रेड युनियन काँग्रेसमा १८ वटा आवद्ध संस्था छन् भने ती संस्थामा ११ हजार श्रमिक सदस्य छन् ।












