नवलपरासी/ नेपाली थारु समुदाय लगाएत आदिवासी जनजातिहरुको महान पर्व माघे संक्राति खिचडीको उपलक्ष्यमा पश्चिम नवलपरासीको विभिन्न स्थानमा खिचडी माघी महोत्सव सुरु भएको छ । जिल्लाको चैपत्ता, मनरी, नदवा, अमरौट लगाएतका क्षेत्रहरुमा मेला महोत्सव सुरु भएको हो । थारु समुदाय लगाएत केही समुदायले माघी पर्वलाई नयाँ बर्षको रूपमा मनाउँदै आएको पाईन्छ । त्यही माघी पर्वलाई पूर्व मान्यताका साथै निरन्तरता दिँदै माघी विविध साँस्कृतिक महोत्सवलाई भव्य र सभ्य सफल बनाउन थारु समुदाय लगाएतका समुदायले लोप हुँदै गएका साँस्कृतिक पहिचान जोगाउने अभिप्रायले पश्चिम नवलपरासकिो सरावलको मनरी, बर्दघाटको चैपत्तता, दाउन्नेदेवी, रामगा्रमको नदवा लगाएत जिल्लाको विभिन्न स्थानमा मेला महोत्सवको आयोजना गरिएको छ ।
थारु लगाएत अन्य समुदायको कला, संस्कृति, खानपान तथा भेषभुषा लोप हुन् लागेको अवस्थामा समाजलाई जागृत गराउने उद्देश्यले प्रत्येक बर्ष यो विशेष चार्ड माघे सक्रातिं खिचडीको अवसरमा मेला महोत्सवको आयोजना गरि आफ्नो सस्कृती, भेषभुषा, र पहिरनलाई जगेर्ना गर्दै आएको अगुवाहरुले बताएका छन । यसैबीच, माघे संक्राति खिचडीको उपलक्ष्यमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ चौपत्तामा १३ औँ खिचडी माघी महोत्सव सुरु सोमबार एक कार्यक्रमका बीच सुरु भएको छ । ३ तिन दिनसम्म सञ्चालन हुने महोत्सवको विगतका बर्षहरु झै यस बर्ष पनि ब्रह्मबाबा सामुदायिक विकास सस्था बर्दघाट १२ चौपत्ता र सम्झना महिला समुहको सयुक्त आयोजनामा सञ्चालित महोत्सवको सोमबार पहिलो दिन खुल्ला पुरुष भलबल प्रतियोगिताको एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।
ब्रह्मबाबा सामुदायिक विकास सस्थाका अध्यक्ष आशाराम चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेसका बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरुभ भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सबै जातजाति, भाषा, धर्म र सस्कृतीलाई सबै मिलेर सम्मान गर्नुपर्ने बताउदै खेल बाट नै समृद्ध राष्ट, स्वस्थ राष्ट बनाउन सकिने हुदा यस किसिमका मेला महोत्सव हुन जरुी रहेको भन्दै आयोजकलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विशिेष अतिथिको रुपमा उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीका जिल्ला सदस्य केशव चापागाई, नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य जयबल्ल पाठक, र्यलाका प्रहरी कार्यालय सेमरीका प्रहरी प्रमुख प्रमोद विक्रम केसी, समाज सेवी कुवेर न्यौपाने लगाएत स्थानिय समाजसेवी, बुद्धिजिवी, विभिन्न राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा खेल समयोजक भुनेश्वर चौधरीले खेल आयोजना गर्नुको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । महोत्सवमा पश्चिम नवलपरासी सहित विभिन्न जिल्लाका गरि ३० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार लाठि नाच, झमटा नाच, खुल्ला भलिबल प्रतियोगिता, पुरुष स्लो मोटराइकल रेश, महिला रस्सा तान लगाएत थारुको विशेष परिकार पनि देखाइने आयोजकले जानाकरी दिनुभएको छ । समुहकी अध्यक्ष रमिता चौधरकिो स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सल्लाहकार किशन चौधरीले गर्नुभएको थियो ।












