इलाम – स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इलाममा अनसनरत डा।गोविन्द केसीलाई मंगलबार सुईबाट ९आईभी एन्टिबायोटिक० औषधि दिन सुरु गरिएको छ ।अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको अस्पतालले जनाइएको छ । उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि प्रयोग नगरिएको जानकारी दिनु भएको छ ।डाक्टर केसीले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आपूसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्ने सहितका ६ बुँदे माग राखेर गएको पुस २५ गतेबाट इलाममा १६ औँ सत्याग्रह सुरु गर्नु भएको हो । डा।केसीको अनसन आठौँ दिन पुग्दा पनि सरकार मौन रहेको केसीका सर्मथकले बताएका छन् ।
डा। शाहका अनुसार अनसनरत डा। केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ ।डा। शाहका अनुसार केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आईसीयू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा। केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आईसीयूको सेवा दिने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो ।












