फासी दिनुपूर्व फाँसी दिने व्यक्तिको कानमा गएर यस्तो भनिदो रहेछ

प्रकाशित मिति:

विश्वका धेरै मुलुकहरुमा मृत्युदण्डको सजाय दिइन्छ । जसमध्ये भारत पनि एक हो । धेरै जसो फिल्ममा पनि फाँसीको विषयलाई देखाइएको हुन्छ ।। यद्यपि फिल्ममा देखाइने फाँसीको दृश्य वास्तविक जीवनको भन्दा फरक हुने गरेको छ । जसमा फाँसी दिने अपराधहरु, त्यसको लागि आवश्यक पर्ने समयलगायतका प्रक्रियाहरु सामेल गरेर फासी दिने गरिन्छ ।त्यस्तै फासी दिनुपूर्व फाँसी दिने व्यक्तिको कानमा केही कुराहरु सुनाइन्छ । के कुरा सुनाइन्छ भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । र धेरैलाई थाहा नहुन पनि सक्छ ।रतमा कुनै पनि अपराधीनलाई मृत्युदण्ड दिनुभन्दा केही समयअघि अपराधीको कानमा ‘मलाई माफ गर, म बाध्य छु’ भनेर फाँसी दिने व्यक्तिले भन्ने गर्छन् ।

उनीहरुले आफू सरकारको नोकर भएको, त्यसैले केह गर्न सक्दिन भन्दै फाँसीको डोरी तान्ने गर्छन् । फाँसी दिने कर्मचारी पनि निकै कडा हृदय भएको आवश्यक पर्छ । जो कोहीका लागि यो कामा निकै कठिन काम हो । भारतमा इन्दिरा गान्धीको हत्यारालाई फाँसी दिने कर्मचारीलाई २५ हजार रुपैयाँ दिइएको थियो । भारतमा जो कोहीलाई फाँसी दिनुपुर्‍यो भने बिहारको बक्सर जेलमा फाँसी दिने गरिन्छ ।