पशु पंक्षि तथा मत्स्य बिकास निर्देशनालय सार्ने निर्णयमा नयाँ शक्तिकोे आपत्ति

प्रकाशित मिति:

रुपन्देही/ प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु पंक्षि तथा मत्स्य बिकास निर्देशनालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट तिलोत्तमा नगरपालिकामा सार्ने निर्णयको नयाँ शक्ति सिद्धार्थनगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरी आपत्ति जनाएको छ । नयाँ शक्ति सिदार्थनगरपालिकाका अध्यक्ष शोभाकान्त नेपालद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ “ उक्त पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय हाम्रो नगरवाट स्थानातरण गरिएको घटनाको हाम्रो पार्टि नयाँ सक्ति पाटि नेपाल सिद्धार्थनगर घोर भत्सना र निन्दा गर्दछ । उक्त निर्देशनालय अविलम्ब सिद्धार्थनगर नगरभित्र नै पुर्नस्थापना गर्न जोडदार माग गर्दछ ।

अन्यथा हामि संघर्षको कार्यक्रम अगाडी बढाउन बाध्य हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराउँदछौं । साथै सम्पूर्ण सिदार्थनगर नगरवासिहरुमा उक्त संघर्षमा साथ र सहयोगको अनुरोध गर्दै उक्त निर्देशनालय स्थानास्तरणको पुन घोर निन्दा र भत्सना गर्दछौं । ” पशु पंक्षि तथा मत्स्य बिकास निर्देशनालय सिद्धार्थनगरपालिकाको वडा नंं ७ बर्मेलिटोल स्थित साविक जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको भवनमा यहि कार्तिक १३ गते ५ नं। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयका उपसचिव एवं बरिष्ठ पशु विकास अधिकृत डा।प्रदिप शर्माबाट उद्घाटन भएको थियो । तर उक्त निर्देशनालय षुसको तस्रो हप्ता रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको घरभाडा निर्धारण समितिको बैठकले उक्त निर्देशनालय सिद्धार्थनगरपालिकाबाट स्थानातरण गरि तिलोत्तमा नगरपालिका वडा नं।२ तपाहामा स्थापना गर्ने निर्णय भई कार्यान्वयन समेत भएको छ ।