काठमाडौ \ लामो समयदेखि प्रेममा रहेको बर्षा राउत र संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । अभिनेत्री बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । यो जोडीले बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको शैलीमा विवाह सार्वजनिक गरेको छ । अभिनेत्री राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौँ । बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । बर्षा राउत र संजोग कोइरालाको प्रेम चर्चामा छ ।












