काठमाडौँ / विवेकशील नेपाली दलकी नेतृ रजु दर्शनाको चरित्र हत्या गर्ने गरी सामाचार सम्प्रेषण गरेको आरोपमा थप एकजना अनलाइन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका क्यापिटल हेडलाइन डटकमका २७ वर्षीय सुमन अधिकारी छन् ।महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनले दर्शनाको चरित्र हत्या गर्ने किसिमले अश्लील समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेका थिए ।
उनलाई नयाँ बजारबाट पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिएको सिंहको भनाइ छ ।यसअघि सोही आरोपमा प्रहरीले नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरिसकेको छ । उनीमाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ ।












