इलाम/ इलाममा अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएपछि बिहीबार रातीनै काठमाडौं ल्याइएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट साँझ आइपुगेको टोलीले केसीको स्वास्थ्य परिक्षण गरि अवस्था चिन्ता जनक भएको र अन्यत्र जान सुझाव दिएपछि रातीनै डा। केसीलाई काठमाडौं लगिएको हो।डा। केसीलाई एम्बुलेन्समार्फत भद्रपुर विमानस्थल लगेर सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए। डा। केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै गत पुस २५ देखि इलाममा १६ औं अनसनमा बस्दै आएका थिए।
अनसनमा रहदा स्वास्थ्य जटिल बन्दै गएपछि डा केसीलाई गत सोमबार इलाम अस्पतालमा भर्ना गरिएको थियो। डा। केसीलाई भेट्न र उहाँका माग प्रति ऐकेबद्धता जनाउन चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधान न्यायधिश शुशिला कार्की र पूर्व सभामुख दमननाथ ढुंगाना बिहीबार साँझ इलाम आएका थिए।












